समयमा जहाज नपाउँदा बाजुरामा एक बिरामीको मृत्यु

बाजुरा । बाजुराको बुढीनन्दा नगरपालिकामा समयमा जहाज नआउँदा एक बिरामीको ज्यान गएको छ ।
बुढीनन्दा नगरपालिका वडा नम्बर २ को कोल्टी प्राथमिक स्वास्थ्य केन्द्रमा एक बिरामीको मृत्यु भएको स्वास्थ्य केन्द्रले जनाएको छ ।
मुगुको खत्याड गाउँपालिका वडा नम्बर १ का ६० वर्षीय विर्खबहादुर कार्कीको मृत्यु भएको हो ।
प्राथमिक स्वास्थ्य केन्द्र कोल्टीले यहाँ उपचार सम्भव नभएको भन्दै रिफर गरेका बिरामी जहाजको पर्खाइमा रोकिएको र जहाज नआएपछि मृत्यु भएको स्वास्थ्य केन्द्रका प्रमुख डाक्टर प्रतीक न्यौपानेले जानकारी दिनुभयो ।
डाक्टर न्यौपानेका अनुसार उच्च रक्तचापका बिरामी कार्कीलाई नेपालगञ्ज लैजान भनिएको थियो ।
मौसम खराबीका कारण जहाज नआएको र सडक पनि अवरुद्ध भएका कारण कार्कीको उपचार अभावमा मृत्यु भयो ।







प्रतिक्रिया राख्नुहोस्