तपाईँ सुन्दै हुनुहुन्छः

डडेल्धुरामा सवारी साधन कारबाहीबाट २९ लाख बढी राजस्व सङ्कलन

डडेल्धुरा । आर्थिक बर्ष २०७९/८० मा डडेल्धुरामा सवारी साधन कारबाहीबाट २९ बढी राजस्व सङ्कलन भएको हो । यो अवधिमा ट्राफिक नियमको उल्लङ्घन गर्ने पाँच हजार तीन सय ५४ सवारी साधनलाई कारबाही गरि २९ लाख ६१ हजार राजस्व सङ्कलन गरिएको जिल्ला ट्राफिक प्रहरी कार्यालयका प्रमुख तथा प्रहरी नायव निरीक्षक भीम बोहराले बताउनु भयो । 

ट्राफिक नियम उल्लङ्घन गर्ने जीप, कार, मोटरसाइकल, बस, ट्रक, ट्याक्टर, टेम्पो लगायतका सवारी साधन धनीलाई कारबाही गर्दा राजस्व सङ्कलन भएको बोहराले बताउनु भयो । सवारीमा क्षमता भन्दा धेरै यात्रु बोक्ने, लाइसेन्स नभएका, बिना हेलमेट मोटरसाइकल चलाउने, क्षमता भन्दा बढी भार बोकेका मालवाहक गाडी, मादक पदार्थ सेवन गरि सवारी चलाउने लाई कारबाही गरिएको  जिल्ला ट्राफिक प्रहरी कार्यालयले जनाएको छ । आर्थिक बर्ष ०७८/०७९ मा ३४ लाख २३ हजार राजस्व सङ्कलन गरिएको थियो । 

जिल्ला ट्राफिक प्रहरी कार्यालयले सवारी दुर्घटना न्यूनीकरणका लागि जनचेतनामूलक कार्यक्रम पनि सञ्चालन गरिरहेको जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button