बहुविवाहको आरोपमा वडाध्यक्ष पक्राउ

बर्दिबास । महोत्तरीमा बहुविवाहको आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् ।
महोत्तरीको भंगहा नगरपालिका–४ का वडाध्यक्ष गणेश महतोलाई बहुविवाह आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय महोत्तरीका प्रवक्ता एवं प्रहरी नायव उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिनुभयो । उहाँका अनुसार जेठी श्रीमती ललितादेवी महतोले मङ्गलवार दिएको जाहेरीको आधारमा वडाध्यक्ष महतोलाई पक्राउ गरिएको हो ।
मङ्गलवार बेलुका वडाध्यक्ष महतोलाई पक्राउ गरी थप अनुसन्धान गरिरहेको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्