तपाईँ सुन्दै हुनुहुन्छः

पोखरालाई पर्यटकीय राजधानी बनाउने मुख्यमन्त्री पाण्डेको उद्घोष

पोखरा । गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्र पाण्डेले पोखरालाई पर्यटकीय राजधानी बनाउने उद्घोष गर्नुभएको छ  । लेखनाथ उद्योग वाणिज्य सङ्घको २७ औँ संस्थापना दिवस तथा २६ औँ वार्षिक उत्सव कार्यक्रमलाई सम्बोधन गर्दै पोखरालाई पर्यटकीय हबको रुपमा विकास गर्न प्रचुर सम्भावना भएको बताउनुभयो । 

पोखरामा  पर्यटकलाई आकर्षण गर्न पोखरा विमानस्थलमा अन्तर्राष्ट्रिय उडान भर्नका लागि छिमेकी मुलुक भारत र चीनबाट उडान भर्नका लागि प्रधानमन्त्री स्तरबाट पहल गर्न आग्रह गरेको बताउँदै पर्यटन विकासका लागि पूर्वाधार तयार भएको बताउनुभयो । 

गण्डकी प्रदेशको विकासका लागि पर्यटन क्षेत्रमा काम गर्ने सामाजिक संघ संस्थाहरू उद्योग वाणिज्य संघ लगायतका सरोकारवालाहरू सँग सामूहिक कार्यक्रम सञ्चालन गरी समस्याको पहिचान गर्दै धारासायी भएका व्यवसायलाई पुरानो नै अवस्थामा फर्काउन प्रदेश सरकारले प्रयासरत गर्ने बताउनुभयो । 

यस पूर्व लेखनाथ उद्योग वाणिज्य सङ्घद्वारा बेगनास तालमा निर्मित लेटर बोर्डको समेत मुख्य मन्त्री पाण्डेद्वारा अनावरण समेत गरिएको थियो । 

यसै गरी पोखरा महानगरपालिकाका प्रमुख धनराज आर्चायले पोखरा र लेखनाथका विचमा देखिएको असमझदारीलाई अन्त गर्दै भावनात्मक रुपमा जोडिएका मनहरूलाई बहकाउमा नलागी समग्र पोखराको विकासका लागि सामूहिक भावनाले अगाडी बढ्न अनुरोध गरे साथै उनले विकास निर्माणका साथै नीति निर्माण र बजेट विनियोजनका  क्षेत्रमा लेखनाथ र पोखराका वडाहरूका बीच कुनै भिन्नता नभएको समेत बताउनुभयो । 

पोखरा महानगरपालिकाको वडा नंं ३३ र शुक्लागण्डकी नगरपालिकाको केही भूभाग लाई समेटेर पुडीटारमा नयाँ औद्योगिक क्षेत्र निर्माणको कार्य यसै वर्ष देखि शुरु गरिने बताउनुभयो । 

सोही अवसरमा नेपाली कांग्रेका सभापति किशोर दत्त बरालले समग्र पोखराको विकासमा उद्योग व्यवसायीहरूले आफ्नो सिप क्षमता लाई समाजको उत्पादनशीलतामा जोड्न आग्रह गर्नुभयो । 

लेखनाथ उद्योग वाणिज्य संघका अध्यक्ष क्षत्रधर आत्रेयले लेखनाथ उद्योग वाणिज्य संघ उद्योग व्यवसायीको संस्था मात्र नभई सबै जातजाति सामाजिक संघ संस्थाहरूको नेत्तृत्वदायी भूमिका निर्वाह गर्ने संस्था रहेको बताउनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button