प्रधानमन्त्री प्रचण्डसँगको प्रश्नोत्तर कार्यक्रम असार ८ गते हुने

काठमाडौँ । प्रतिनिधि सभामा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसँगको प्रश्नोत्तर कार्यक्रम यही असार ८ गते (शुक्रबार) हुने भएको छ ।
प्रतिनिधि सभाको आजको बैठकमा सभामुख देवराज घिमिरेले प्रश्नोत्तरको कार्यक्रम यही असार ८ गते शुक्रबार हुने जानकारी गराउनुभयो ।
सभामुख घिमिरेले प्रश्न सोध्न १७ वटा समूह विभाजन गरिएको र समूहमा १५ जना सांसद सदस्य रहने जानकारी दिनुभयो ।
आज दिउँसो ५ बजेसम्म प्रश्न लिखित रूपमा प्रतिनिधि सभाका सचिवसमक्ष पेश गर्न पनि सभामुख घिमिरेले आग्रह गर्नुभयो ।







प्रतिक्रिया राख्नुहोस्