खोलामा डुबेर एकै दिन दुई जनाको मृत्यु
पाल्पा। गर्मी बढेसँगै गर्मी छल्न पौडी खेल्ने क्रममा पाल्पामा डुबेर एकै दिन दुई जनाको मृत्यु भएको छ ।
हिजो पौडी खेल्ने क्रममा रूपन्देहीको शुद्धोधन गाउँपालिका–२ रजाडका २२ वर्षीय सञ्जय चौधरी र भारतको गोरखपुरस्थित फत्तेपुरका ३४ वर्षीय विपीन धुसियाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पाल्पाले जनाएको छ ।
चौधरीको रैनादेवी छहरा गाउँपालिका– ८ सत्यवतीमा रहेको जलुके झरनामा डुबेर मृत्यु भएको हो । भने धुसियाको तिनाउ गाउँपालिका– ३ सिद्धबाबा नजिकै तिनाउ खोलामा डुबेर मृत्यु भएको हो ।
चौधरी डुबेर गम्भीर अवस्थामा रहेका उनलाई उपचारका लागि लुम्बिनी प्रादेशिक अस्पताल बुटवल लगिएको थियो। बेलुकी पौने ७ बजे चिकित्सकले उनलाई मृत घोषणा गरेको प्रहरीले जनाएको छ ।
यस्तै धुसिया साथीसँग आएर पौडी खेल्ने क्रममा बेलुकी साढे ५ बजे डुबेका थिए। गम्भीर अवस्थामा उद्धार गरिएका उनलाई रूपन्देहीको बुटवलस्थित लुम्बिनी प्रादेशिक अस्पतालमा उपचारका लागि लगिएको थियो।
उनको साँझ सवा ७ बजेको समयमा उपभारको क्रममा मृत्यु भएको हो । घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।








प्रतिक्रिया राख्नुहोस्