झापामा न्वारनको भोज खाएका २७ जना बिरामी

झापा । झापाको मेचीनगर नगरपालिका– ९ माथिल्लो मागुरमाडीको एक घरमा न्वारनको भोज खाएका २७ जना बिरामी परेका छन् ।
हिजो स्थानीय गोविन्द श्रेष्ठको घरमा न्वारनको भोज खाएका अधिकांश स्थानीय बिरामी परेका हुन् ।
श्रेष्ठको नातिको न्वारनमा भोज खान गएका अधिकांश स्थानीयको स्वास्थ्यमा समस्या देखिएपछि अस्पताल भर्ना गरिएको मेचीनगर–९ का वडाध्यक्ष कञ्चनकुमार तामाङले जानकारी दिनुभयो ।
बिरामीको स्थानीय मेची आम्दा अस्पतालमा उपचार भइरहेको छ । भोजमा रहेको परिकारमा अखाद्य पदार्थ मिसावट हुँदा स्थानीय बिरामी भएको हुनसक्ने अस्पतालले जनाएको छ ।
स्थानीयमा बान्ता हुने, ज्वरो आउने तथा पखाला चल्ने समस्या देखिएको नगरपालिकाको नगर स्वास्थ्य शाखा प्रमुख सविता सापकोटाले जानकारी दिनुभयो ।







प्रतिक्रिया राख्नुहोस्