तपाईँ सुन्दै हुनुहुन्छः

बजेटमाथि सामान्य छलफल प्रारम्भ

काठमाडौं । प्रतिनिधिसभामा आर्थिक वर्ष २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथिको सामान्य छलफल प्रारम्भ भएको छ ।

प्रतिनिधिसभाको आजको बैठकमा अर्थमन्त्री डा प्रकाशशरण महतले वक्तव्यसहित आव २०८०–८१ को राजश्व र व्ययको वार्षिक अनुमानमाथि सामान्य छलफल प्रारम्भ गरियोस् भनी प्रस्ताव प्रस्तुत गर्नुभएको थियो ।

बैठकमा उक्त छलफलमाथि सांसदहरूले दलीय आधारमा आफ्ना धारणा व्यक्त गरिरहुनभएको छ ।

मन्त्री डा महतले यही जेठ १५ गते सङ्घीय संसद्को संयुक्त बैठकमा आर्थिक वर्ष २०८०र८१ बजेट प्रस्तुत गर्नुभएको थियो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button