ताप्लेजुङमा ट्र्याक्टर दुर्घटना, एक जनाको मृत्यु

ताप्लेजुङ । ताप्लेजुङको सुन्तलेमा गए राति ट्र्याक्टर दुर्घटनामा परी एकजनाको मृत्यु भएको छ ।
मैवाखोला गाउँपालिका र आठराई त्रिवेणी गाउँपालिकाको सिमाना नजिक सुन्तले भन्ने स्थानमा २त७८७७ नम्बरको ट्र्याक्टर दुर्घटनामा परी ट्याक्टरका सहचालक फक्ताङलुङ गाउँपालिका वडा नं ३ लिङखिम सिँवा बस्ने सन्दीप तामाङको मृत्यु भएको मैवाखोला गाउँपालिकाका अध्यक्ष विजय प्रकाश वनेमले बताउनुभयो ।
चालक कुशल लिम्बू फरार रहेकाले खोजी भइरहेको प्रहरीले जानकारी दिएको छ ।







प्रतिक्रिया राख्नुहोस्