उद्योग वाणिज्य महासङ्घको निर्वाचन : वरिष्ठ उपाध्यक्षमा रामचन्द्रको अग्रता

काठमाडौं । नेपाल उद्योग वाणिज्य महासङ्घको एशोसिएटतर्फ वरिष्ठ उपाध्यक्षको मतगणना जारी छ ।
अहिलेसम्म १ हजार मत गणना भइसकेकाे छ । अहिलेसम्म रामचन्द्र संघाईले अग्रता लिइरहनुभएको छ ।
उहाँले ३९० मत प्राप्त गर्नुभएको छ । यस्तै अञ्जन श्रेष्ठले ३३२ र उमेशलाल श्रेष्ठले २६८ मत पाउनुभएको छ ।
काठमाडौँस्थित प्रज्ञा प्रतिष्ठानको भवनमा मत गणना जारी छ।
अहिलेसम्म एसोसिएटतर्फ उपाध्यक्ष र १९ सदस्य, वस्तुगत उपाध्यक्ष, जिल्ला/नगरतर्फका नजिता आइसकेका छन्।
एसोसिएटतर्फको उपाध्यक्ष पदमा ज्योत्सना श्रेष्ठ विजयी हुनुभएको छ । महासंघको जिल्ला नगरतर्फको उपाध्यक्षमा सुरकृष्ण वैद्य निर्वाचित हुनुभएको छ । वैद्य रामचन्द्र संघई समूहबाट उठ्नुभएको थियो ।
वस्तुगत समूहको उपाध्यक्षमा हेमराज ढकालले विजयी हुनुभएकाे छ । उहाँ वरिष्ठ उपाध्यक्ष उमेशलाल श्रेष्ठको प्यानलबाट चुनाव लड्नुभएकाे थियाे ।







प्रतिक्रिया राख्नुहोस्