सन २०३० सम्म नेपालमा गरिबी निर्मूल पार्ने अभियानमा सरकार लागिपरेको छ : मन्त्री अर्याल

स्याङ्जा । नेपाल सरकारका भुमि व्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री पद्मा अर्यालले सुरक्षित जनता आवास निर्माणका लागि सरकार मुलुकभरका खरको छाना विस्तापित गर्ने अभियानमा अगाडी बढेको बताउनुभएको छ ।
आज स्याङ्जामा खरको छाना भएकाहरुका लागि चेक हस्तान्तरण गर्दै मन्त्री अर्यालले सरकारको प्रमुख मुद्धा गरिबी निवारण रहेको बताउनुभयो । मन्त्री अर्यालले भन्नुभयो, “सरकार सन २०३० सम्म नेपालमा गरिबी निर्मुल पार्ने अभियानमा लागेको छ । यसैको थालनी स्वरुप सुरक्षित जनता आवासका लागि पहिलो किस्ताका ३० हजारको चेक हस्तान्तरण गरेका हौँ ।”
नेपालमा १८ प्रतिशत गरिबी रहेको भन्दै गरिबीलाई निर्मुल पार्ने भन्दै जनताको जिवन सुरक्षाका लागि पनि खरको छाना बिस्तापित गर्ने योजना रहेको मन्त्री अर्यालले बताउनुभयो ।
खरको छानामा छिटो आगोलागी हुने भन्दै यो आर्थिक वर्षमा ढाई सय घरपरिवारमा खरको छाना बिस्तापित गर्ने मन्त्री अर्यालले बताउनुभयो ।
यहाँको वालिङ, गल्याङ, चापाकोट, भीरकोट नगरपालिका र कालीगण्डकी गाउँपालिका गरी ५ पालिकाका ढाई सय खरका छाना हटाईने मन्त्री अर्यालले बताउनुभयो ।
मन्त्री अर्यालको निर्वाचन क्षेत्र स्याङ्जा क्षेत्र नं. २ का पाँच पालिकामा यसवर्ष ढाईसय परिवारलाई ५० हजारका दरले दुई किस्ता गरी दिईनेछ भने बाँकी रहेका खरका छानाको लगत संकलन गरी पुन यसरी नै खरका छाना हटाईनेछ ।
सुरक्षित जनता आवास कार्यक्रमको अध्यक्ष सम्बन्धीत निर्वाचन क्षेत्रको सांसद रहने कार्यक्रम अन्र्तगत मन्त्री अर्यालले आफ्नो निर्वाचन क्षेत्रमा यस वर्ष ढाईसय घर परिवारमा टिनका छाना लगाउने अभियानको थालनी गर्नु भएको हो ।








प्रतिक्रिया राख्नुहोस्