तपाईँ सुन्दै हुनुहुन्छः

जीर्ण राप्ती लोकमार्ग

तुलसीपुर I राप्ती लोकमार्ग ठाउँ–ठाउँमा जीर्ण छ । दाङ, सल्यान हुँदै रुकुमसम्म नै सडकबीचमा खाल्डाखुल्डी छन् । जिम्मा पाएका निर्माण कम्पनीले पनि समयमा काम गरेका छैनन् । जसले गर्दा आवतजावतमा पनि समस्या छ, भने दुर्घटनाको जोखिम पनि उत्तिकै छ ।

सल्यान कपुरकोटदेखि तुलसीपुर पुग्दा मान्छे चिन्न नसकिने अवस्था रहने यात्रुहरूको गुनासो छ । त्यस्तै समय पनि धेरै लाग्ने गर्छ । बिग्रिएको ठाउँमा मर्मतकालागि ठेक्का भइसकेको सडक डिभिजन कार्यालय दाङका प्रमुख रामपुकार जैसवालले बताउनुभयो ।

ठाउँ–ठाउँमा ठेक्का गरिएको भएपनि ठेकेदारले काम गरेको अवस्था छैन । पटक–पटक म्याद थप गर्ने कार्य भइरहेको छ । यो आर्थिक बर्ष भित्र सडक मर्मतको काम सक्ने योजना रहेको प्रमुख जैसवालको भनाई छ ।  

राप्ती लोकमार्ग सुरुमा ओटासिल प्रविधिबाट कालोपत्रे गरिएको हो । त्यो थोरै सवारी चल्दाको कालोपत्रे भएपनि अहिले धेरै सवारी चल्दा ठाउँ–ठाउँमा बिग्रिएको उहाँको भनाई छ । तुलसीपुरदेखि रुकुम पश्चिम खौलासम्मको सडक ठाउँ–ठाउँमा बिग्रिएको छ । ३ वर्षदेखि राप्ती लोकमार्गकालागि भनेर छुट्टै बजेट आउने गरेको छ ।

चालु बर्षकालागि मात्रै विभिन्न २० खण्डमा करिब ४८ करोड बजेट परेको छ । सडकमा खाल्डाखुल्डी हुँदा चालु वर्षमा मात्रै तीन दर्जन बढिको दुर्घटनाबाट मृत्यु भइसकेको छ । यो सडकमा बर्सेनि करोडौँ बजेट छुटिने गरेको भएपनि काम भने नहुँने गरेको पाइएको छ ।

भिडियो :

प्रतिक्रिया राख्नुहोस्

Back to top button