तपाईँ सुन्दै हुनुहुन्छः

मनै लोभ्याउने हिमपात पछिको सुन्दरता (फोटो फिचर)

काठमाडौं । पश्चिमी न्यून चापीय वायुको प्रभावले देशभरको मौसममा बदली भएको छ । मौसमको बदलीसँगै उच्च पहाडी जिल्ला र हिमाली जिल्लामा हिमपात भएको छ ।

हिमपातका कारण धेरै स्थानमा जनजीवन प्रभावित भएको छ । कतै बाटो अवरुद्ध छ भने कतै गाउँ नै सम्पर्कबिहीन छ । तर हिमपातका दृश्य हेर्न लायक छन् । डाँडाकाँडा हिउँले ढाकेर सेताम्य भएका छन् ।

हिउँ खेल्न हिउँ परेका स्थानमा जाने पर्यटकको संख्या बढेको छ । बैतडीमा हिमपातले जनजीवन प्रभावित भएको छ । जुम्लामा यस बर्ष दोस्रो पटक हिमपातभएको छ । शुक्रवार जुम्लामा बिहानैदेखि हिमपात भएको हो ।

हिमपातसँगै अत्यधिक चिसो समेत बढेकोले यहाँको जनजीवन कष्टकर बनेको छ। चिसोका कारण स्थानीयबासी घरबाहिरको काममा निस्कन सकेका छैनन् ।

तीन दिनदेखि बादल लागेको जुम्लामा हिमपात भएपछि यातायात, शैक्षिक संस्थाहरु, प्रभावितभएका छन् । चिसोले बालबालिका, ज्येष्ठ नागरिक बढी प्रभावित भएका छन् । जुम्लाको तापक्रम माइनस डिग्रीमा सेल्सियस भन्दा तल भइरहेको हावापानी फिल्ड कार्यालय जुम्लाले जनाएको छ । दैलेखमा बिहीवार साँझदेखि परेको अविरल बर्षा संगै हिमपातका कारण सुर्खेत दैलेख सडक खण्डको गुराँसेमा सडक अबरुद्ध भएको छ ।

दोलखाको कालिञ्चोक क्षेत्रमा दोस्रो पटक हिमपात भएको छ । यो बर्ष पहिलो पटक मंसिर २७ गते हिमपात भएको कालिञ्चोकमा शुक्रवार दिउँसोबाट फेरि हिमपात भएको हो। हिमपातसंगै चरिकोट र आसपासका क्षेत्रबाट हिउँ खेल्न आउनेहरूको संख्या बढेको छ।

 

तस्बिरमा हेर्नुहोस् हिमपात पछिको सुन्दरता

 ।मुस्ताङको चुसाङबाट देखिएको अन्नापूर्ण हिमाल क्षेत्र । हिमालले पर्यटकको मनै लोभ्याउने गरेको छ । तस्वीर ः सनिउल्ला धोबी, रासस
 मुस्ताङको चुसाङबाट देखिएको अन्नापूर्ण हिमाल क्षेत्र । हिमालले पर्यटकको मनै लोभ्याउने गरेको छ । तस्वीर ः सनिउल्ला धोबी, रासस
 बिहीबार देखिको भारी हिमपातका कारण सटेडाबाट देखिएको बाजुराको गौमुल गाउँपालिका–५ पडिकोड क्षेत्र । तस्वीर ः गंगराज पण्डित, रासस
 बिहीबार देखिको भारी हिमपातका कारण सटेडाबाट देखिएको बाजुराको गौमुल गाउँपालिका–५ पडिकोड क्षेत्र । तस्वीर ः गंगराज पण्डित, रासस
हिमाली जिल्ला मुस्ताङको मुक्तिनाथमा शुक्रबार भएको हिमपात । मुस्ताङमा हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । तस्वीर ः निरज थकाली/रासस
डोटीको बडिकेदार गाउँपालिका खडयौलीमा परेको हिउँ । हिमपातसँंगै चिसो बढेपछि यहाँको जनजीवन प्रभावित भएको छ । तस्वीर ः विमलबहादुर विष्ट/रासस
डोटीको पुर्वीचौकी गाउँपालिकासँगै जोडिएको खप्तड झिग्रानामा परेको हिमपात । हिमपातले चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित बनेको छ । तस्वीर :  विमलबहादुर विष्ट/रासस
डोटीको पुर्वीचौकी गाउँपालिकासँगै जोडिएको खप्तड झिग्रानामा परेको हिमपात । हिमपातले चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित बनेको छ । तस्वीर : विमलबहादुर विष्ट/रासस
बैतडीको सतबाँझ क्षेत्रमा भएको भारी हिमपात । दुई दिनदेखि मौसममा आएको परिवर्तन बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । तस्वीर : विनोद सिंह विष्ट, रासस
बैतडीको सतबाँझ क्षेत्रमा भएको भारी हिमपात । दुई दिनदेखि मौसममा आएको परिवर्तन बैतडीसहित सुदूरपश्चिमका पहाडी जिल्लामा हिमपात हुँदा जनजीवन प्रभावित भएको छ । तस्वीर : विनोद सिंह विष्ट, रासस

खप्तडको झिग्रानामा हिमपात
डोटीको पुर्वीचौकी गाउँपालिकासँगै जोडिएको खप्तड झिग्रानामा परेको हिमपात । हिमपातले चिसो बढेपछि स्थानीयको जनजीवन प्रभावित बनेको छ ।

हिउँमा रमाउँदै आन्तरिक पर्यटक
भारी हिमपात भएको बैतडीको सतबाँझस्थित हेलिप्याड डाँडामा शुक्रबार हिउँमा रमाउँदै आन्तरिक पर्यटक ।

हेलिप्याड डाँडामा हिमपात
बैतडीको सतबाँझस्थित हेलिप्याड डाँडामा भएको हिमपात ।

हेलिप्याड डाँडामा परेको हिउँ
बैतडीको सतबाँझस्थित हेलिप्याड डाँडामा परेको हिउँ । भारी हिमपात भएका कारण यहाँको जनजीवन कष्टकर भएको छ ।

 

बिहीबार देखिको भारी हिमपातका कारण सटेडाबाट देखिएको बाजुराको गौमुल गाउँपालिका–५ पडिकोड क्षेत्र ।

काठमाडौँको चिन्द्रगिरीमा पानी परेपछि आफनो गन्तव्यतर्फ जाँदै युवती ।

शुक्रबार काठमाडौँको चिन्द्रगिरीमा हिउँमा रमाउँदै युवती ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button