तपाईँ सुन्दै हुनुहुन्छः

जसपाद्वारा समानुपातिक सांसदका लागि मन्जु शर्मा अन्सारीको नाम सिफारिस

काठमाडौँ । जनता समाजवादी पार्टी नेपालले प्रतिनिधिसभा सदस्यका लागि समानुपातिक सांसदमा मन्जु शर्मा अन्सारीको नाम निर्वाचन आयोगलाई सिफारिस गर्ने निर्णय गरेको छ । 

जनता समाजवादी पार्टीको केन्द्रीय कार्यकारिणी समितिको आज बसेको बैठकले समानुपातिक प्रणालीतर्फबाट सांसद बन्नुभएकी शहनाज रहमानको निधन भएपछि मुस्लिम कलस्टरबाटै क्रमागत अनुसार प्रतिनिधिसभा सदस्यका लागि अन्सारीको नाम सिफारिस गर्ने निर्णय गरेको हो । 

शहनाज रहमानको फागुन १३ गते हृदयघातका कारण निधन भएको थियो । ६७ वर्षिया रहमानको निधन भएपछि प्रतिनिधिसभा सदस्य पदमा रिक्त रहेको सो पदमा मन्जु शर्मा अन्सारीलाई पार्टीले सिफारिस गरेको पार्टीका प्रवक्ता मनिष सुमनले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button