सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री र युरोपियन युनियनको प्रतिनिधिमण्डलबीच भेटवार्ता

धनगढी । सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाह र युरोपियन युनियनको प्रतिनिधिमण्डलबीच आज भेटवार्ता भएको छ ।
धनगढीस्थित मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय मुख्यमन्त्री शाह र युरोपियन युनियनको मण्डलका तर्फबाट फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदूतहरू बिच शिष्टाचार भेटवार्ता भएको मुख्यमन्त्रीको सचिवालयले जनाएको छ ।
भेटवार्तामा उहाँहरुबीच आपसी हित तथा सम्बन्ध लगायतका विषयमा छलफल भएको बताइएको छ । त्यस क्रममा राजदूतहरूले सुदूरपश्चिमको शिक्षा, स्वास्थ्य, कृषि लगायत विकासका क्षेत्रमा चासो ब्यक्त गर्नुभएको थियो ।
भेटवार्तामा प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री प्रकाशबहादुर देउवा, आर्थिक मामिला मन्त्री नरेशकुमार शाही र फ्रान्सका राजदूत गिलेर बुरवाओ, जर्मनीका राजदूत थोमस प्रिन्च, फिनल्याण्डका राजदूत रिनारिक्का हिईक्का तथा सरकारी अधिकारीको सहभागिता रहेको थियो ।








प्रतिक्रिया राख्नुहोस्