तपाईँ सुन्दै हुनुहुन्छः

भारतीय गाडीको ठक्करबाट एकको मृत्यु

बारा । बारामा कारले ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

जिल्ला प्रहरी कार्यालय बाराका अनुसार मृत्यु हुनेमा आर्दश कोतवाल गाउँपालिका वडा नम्बर ८ टोल जमुनिया निवासी २२ वर्षीय विकास कुमार साह रहनुभएको छ ।

प्रहरी प्रवक्ता पुरुषोत्तम पाण्डेयका अनुसार शनिवार बेलुका करिब साढे ६ बजेको समयमा कलैयाबाट घर गइरहेको अवस्थामा बरियापुर लंगडाचोकको बीचमा पर्ने थलही खोलामा विपरीत दिशाबाट आउँदै गरेको नम्बर प्लेट नखुलेको भारतीय गाडीले साहलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा गम्भीर घाइते हुनुभएका साहको उपचार कलैयामा हुन नसकी थप उपचारका लागि वीरगन्ज स्थित गण्डक अस्पताल लगिएकोमा साहको उपचारको क्रममै मृत्यु भएको प्रहरीले जनाएको छ । घटना बारे थप अनुसन्धान भइरहेको प्रवक्ता पाण्डेयले जानकारी दिनुभयो । ठक्कर दिने गाडी फरार रहेको र खोज तलास भइरहेको प्रहरी प्रवक्ता पाण्डेयले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button