राष्ट्रपति निर्वाचन: सुदूरपश्चिममा प्रदेशसभा सदस्यहरूका लागि अभिमुखीकरण

धनगढी । यही फागुन २५ गते हुने राष्ट्रपति निर्वाचनलाई लक्षित गरि आठ दलीय गठबन्धनले आज कैलालीमा सुदूरपश्चिम प्रदेशसभा सदस्यहरूका लागि अभिमुखीकरण कार्यक्रम आयोजना गरेको छ ।
कार्यक्रममा नेपाली काँग्रेसका सहमहामन्त्री बद्री पाण्डेय, नेकपा माओवादी केन्द्रका स्थायी कमिटी सदस्य खगराज भट्ट, नागरिक उन्मुक्ति पार्टी संसदीय दलका नेता रामेश्वर चौधरी, नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य दीर्घ सोडारी, मुख्यमन्त्री कमलबहादुर शाह, सत्ता साझेदार चार दलका प्रदेशसभा सदस्यहरूको सहभागिता रहेको छ ।
आठ दलबाट राष्ट्रपतिका उम्मेदवार काँग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेललाई विजयी गराउनका लागि अभिमुखीकरण आयोजना गरिएको काँग्रेसका सहमहामन्त्री पाण्डेयले बताउनुभयो ।
यसैबीच, सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्री कमलबहादुर शाहलाई विश्वासको मत दिने लगायतका विषयमा पनि सत्ता साझेदार चार दलबिच बैठक बसी समझादारी गर्ने तयारी भएको बताइएको छ ।
संविधानको धारा १६८(३) बमोजिम मुख्यमन्त्रीमा नियुक्त हुनुभएका काँग्रेस संसदीय दलका नेता शाहले फागुन २६ गतेभित्र प्रदेशसभामा विश्वासको मत लिई सक्नुपर्ने हुन्छ ।







प्रतिक्रिया राख्नुहोस्