तपाईँ सुन्दै हुनुहुन्छः

तुलसीपुरमा ग्याँस सिलिन्डर पड्किदा दुई जना घाइते

दाङ  । दाङमा खाना पकाउने ग्यासको सिलिण्डर विस्फोट हुँदा दुई व्यक्ति घाइते भएका छन् । 

तुलसीपुर १६ मा रहेको एक कृषि फर्ममा ग्यास विस्फोट हुँदा दुई व्यक्ति घाइते भएको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जनाएको छ । 

घाइते हुनेमा तुलसीपुर १६ लहलौरा निवासी ५० बर्षीय कुसुम केसी र चितवन भरतपुर ५ घर भई हाल तुलसीपुर १६ मा बस्दै आउनुभएका २९ बर्षीय आशिष खनाल घाइते हुनुभएको हो । 

बिहान साढे ८ बजेको समयमा तुलसीपुर १६ मा रहेको कृषि बिउ उत्पादन कम्पनीमा खाना पकाउने क्रममा ग्यास विस्फोट भएको हो । 

घाइते भएकी केसीको कम्मर मुनीको भाग जलेको छ भने खनालको दुवै हात र खुट्टा जलेको ईलाका प्रहरी कार्यालय तुलसीपुरले जानकारी दिएको छ । 

घाइते दुबैलाई तुलसीपुरको राप्ती प्रादेशिक अस्पतालमा सामान्य उपचारपछि थप उपचारका लागि नेपालगञ्ज रिफर गरिएको छ । 

घाइते मध्ये कुसुम केसीको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । आशिषको अवस्था मध्यम रहेको ईलाका प्रहरी कार्यालय तुलसीपुरका प्रहरी प्रवक्ता प्रहरी निरीक्षक पर्वत केसीले जानकारी दिनुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button