मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटारमा सुरु

काठमाडौँ । मन्त्रिपरिषद् बैठक प्रधानमन्त्री निवास बालुवाटार सुरु भएको छ ।
पोखरामा यती एयरको जहाज दुर्घटना भएलगत्तै प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मन्त्रिपरिषद्को बैठक बोलाउनुभएको थियो।
बैठकमा विमान दुर्घटनापछि प्रभावकारी उद्धार तथा दुर्घटनाको प्राविधिक कारण खोजी लगायतका विषयमा छलफल भइरहेको बताइएको छ ।
मन्त्रिपरिषद् बस्नुअघि प्रधानमन्त्री दाहाल र गृहमन्त्री रवि लामिछाने त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पुग्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्