तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी बागमती प्रदेश संसदीय दलको नेतामा जमरकट्टेल

मकवानपुर । नेकपा माओवादी केन्द्र बागमती प्रदेश संसदीय दलको नेतामा शालिकराम जमरकट्टेल चयन हुनुभएको छ ।

हिजोदेखि काठमाडौँमा जारी नेकपा माओवादी केन्द्रको प्रदेश कमिटी बैठकले जमरकट्टेललाई दलको नेता बनाउने निर्णय गरेको हो ।

हिजोको बैठकमा दलको नेतामा सहमति जुट्न नसकेपछि आज पुन बैठक बसेको थियो । आजको बैठकमा जमरकट्टेललाई दलको नेता बनाउने सहमति जुटेको सिन्धुपाल्चोक २ (ख) का प्रदेशसभा सदस्य युवराज दुलालले बताउनुभयो । जमरकट्टेल अघिल्लो कार्यकालमा पनि प्रदेश संसदीय दलको नेता हुनुहुन्थ्यो ।

संसदीय दलको नेतामा माओवादी प्रदेश अध्यक्ष सरल सहयात्री पौडेल, प्रदेशका बहालवाला आर्थिक मामिला तथा योजना मन्त्री समेत रहनु भएका शालिकराम जमरकट्टेल र प्रदेशका पूर्व सामाजिक विकासमन्त्री युवराज दुलाल, प्रदेशसभाको पूर्व उपसभामुख राधिका तामाङ, रामेछापबाट निर्वाचित सदस्य युवराज चौलागाईं लगायतले दाबी गर्नुभएको थियो ।

बागमती प्रदेश सभामा नेकपा माओवादी केन्द्रले २१ सिट जितेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button