तपाईँ सुन्दै हुनुहुन्छः

नेकपा एस सुदूरपश्चिम, संसदीय दलको नेतामा सोडारी

धनगढी । नेकपा एकीकृत समाजवादी सुदूरपश्चिम प्रदेश सभा संसदीय दलको नेतामा दीर्घ बहादुर सोडारी चयन हुनुभएको छ ।

आज धनगढीमा बसेको नेकपा एसको बैठकले सोडारीलाई संसदीय दलको नेतामा चयन गरेको हो । सोडारी सुदूरपश्चिम प्रदेश सरकारका भौतिक पूर्वाधार विकास मन्त्री हुनु हुन्छ ।

यस्तै दलको उपनेतामा प्रकाश रावल, प्रमुख सचेतकमा नरेश शाही र सचेतकमा माया पन्त चयन हुनुभएको पार्टीले जनाएको छ । सुदूरपश्चिम प्रदेश सभामा नेकपा एसका चार जना प्रदेश सभा सदस्य रहेका छन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button