तपाईँ सुन्दै हुनुहुन्छः

नेपालगन्जका २३ वटै वडा इन्टरनेटको पहुँचमा

नेपालगञ्ज । नेपालगञ्ज उपमहानगरपालिकाका सबै वडामा इन्टरनेटको पहुँच विस्तार भएको छ । इन्टरनेट पहुँच भन्दा बाहिर रहेको नेपालगञ्जको वडा नम्बर २३ मा आजदेखि सेवा विस्तार गरिएसँगै सबै वडामा इन्टरनेटको पहुँच पुगेको हो ।

नगर प्रमुख प्रशान्त विष्टले आज एक कार्यक्रमका बीच वडा नम्बर २३ को वडा कार्यालयमा इन्टर सेवा शुभारम्भ गरेसँगै यहाँका २३ वटै वटा डिजिटलाइज भएका छन् । इन्टरनेटको पहुँचमा पुगेसँगै वडा नम्बर २३ ले पनि अब सबै सेवा इन्टरनेटमार्फत प्रवाह गर्नेछ ।

इन्टरनेट शुभारम्भ कार्यक्रममा नगर प्रमुख विष्टले उपमहानगरपालिकाभित्र रहेर पनि पछाडि परेको वडा नम्बर २३ लाई डिजिटलाइज गर्न अति आवश्यक महसुस गरेर इन्टरनेटको पहुँचमा पुर्‍याइएको बताउनुभयो । उहाँले वडाको काम अब छिटो छरितो हुने भएपछि स्थानीय लाभान्वित हुने बताउनुभयो ।

इन्टरनेट जडान भएपछि वडावासी हर्षित भएका छन् । स्थानीय रियाज अन्सारीले अब अनलाइनबाटै सेवा प्रवाह हुने अवस्था बनेको भन्दै खुसी ब्यक्त गर्नुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button