तपाईँ सुन्दै हुनुहुन्छः

सुदूरपश्चिमका सबै जिल्ला र लुम्बिनीको बाँकेमा एक हप्ता विद्युत् सेवा अनियमित हुने  

कञ्चनपुर । सुदूरपश्चिमका सबै जिल्ला र लुम्बिनीको बाँकेमा एक हप्ता विद्युत् सेवा अनियमित हुने भएको छ । 

अत्तरिया ग्रिड शाखा अन्तर्गत स्याउले–अत्तरिया १३२ के।भी। प्रसारण लाइनको नयाँ स्थानान्तरण गरिएको टावर नम्बर ३७७ मा कन्डक्टर र ओपिजिडब्ल्यु स्ट्रिङिङ तथा टावर नम्बर ३४६ मा टावर विघटन, पुनः निर्माण र कन्डक्टर विश्राम लगायतका कार्य हुने भएकोले पुस ९ गतेदेखि १५ गतेसम्म विद्युत् सेवा अनियमित हुन सक्ने नेपाल विद्युत् प्राधिकरण अत्तरिया ग्रिड शाखाका प्रमुख रेवत कुमार चौधरीले जानकारी दिनुभएको छ । 

एक हप्तासम्म विद्युत् सेवा अनियमित हुँदा यहाँका उद्योगधन्दा तथा विद्युतीय प्रविधिबाट हुने कार्य प्रभावित हुने देखिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button