युक्रेनका राष्ट्रपति जेलेन्स्कीद्वारा अमेरिकी संसदलाई सम्बोधन

काठमाडौं । युक्रेनका राष्ट्रपति भ्लोदाेमिर जेलेन्स्कीले अमेरिकी संसद युएस कंग्रेसको संयुक्त सदनलाई सम्बोधन गर्नु भएको छ ।
रुसले युक्रेनमाथि आक्रमण गरेदेखिकै आफ्नो पहिलो विदेश भ्रमणको क्रममा अमेरिका पुग्नु भएका जेलेन्स्कीले अमेरिकी
सांसदलाई सम्बोधन गर्नुहुँदै युक्रेनले कहिल्यै आत्मसमर्पण नगर्ने दृढता ब्यक्त गर्नुभयो ।
जेलेन्स्कीले सांसदलाई सम्बोधन गर्नुअघि अमेरिकी राष्ट्रपति जो बाइडेनसँग भेटवार्ता गर्नु भएको थियो ।
भेटमा राष्ट्रपति जेलेन्स्कीले युक्रेनको भौगोलिक अखण्डतालाई ठेस पुग्ने गरी रुससँग कुनै सम्झौता नगर्ने बताउनुभयो ।
युक्रेनको अखण्डताका लागि अमेरिकाले सधैँ सहयोग गर्ने राष्ट्रपति बाइडेनले बताउनुभएको अन्तर्राष्ट्रिय सञ्चार माध्यम बिबिसीले उल्लेख गरेको छ ।







प्रतिक्रिया राख्नुहोस्