रेडियो नेपाल र वैदेशिक रोजगार बोर्डको सचिवालयबीच सम्झौता

काठमाडौं । रेडियो नेपाल र वैदेशिक रोजगार बोर्डको सचिवालयबीच ‘वैदेशिक रोजगारी’ रेडियो कार्यक्रम प्रसारणलाई निरन्तरता दिने सम्बन्धी सम्झौता भएको छ ।
सम्झौता पत्रमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के.सी. र वैदेशिक रोजगार बोर्डको सचिवालयका तर्फबाट कार्यकारी निर्देशक डा. द्वारिका उप्रेतीले हस्ताक्षर गर्नुभयो ।
त्यस अवसरमा रेडियो नेपालका कार्यकारी निर्देशक बुद्धि बहादुर के.सीले ‘वैदेशिक रोजगारी’ कार्यक्रम रेडियो नेपालको केन्द्रीय प्रसारणका साथै देशभर रहेका २७ वटा एफ.एम रिले स्टेशनबाट प्रसारण हुने र श्रोताहरूको सहजताका लागि कार्यक्रमलाई सामाजिक सञ्जालका साथै डिजिटल प्लेट फर्ममा समेत राखिने जानकारी दिनुभयो ।

बोर्डका कार्यकारी निर्देशक डा.द्वारिका उप्रेतीले वैदेशिक रोजगारमा जोनेका लागि आवश्यक सबै सूचना र जानकारी समेटेर ‘वैदेशिक रोजगारी’ कार्यक्रम निर्माण गर्न सुझाव दिनुभयो ।
रेडियो नेपालबाट प्रत्येक बिहीबार बिहान ७ बजेको समाचार पछि १५ मिनेट प्रसारण हुने ‘वैदेशिक रोजगारी’ कार्यक्रममा वैदेशिक रोजगारीमा जाने श्रम शक्तिलाई लक्षित गरेर कार्यक्रम निर्माण गरिन्छ ।







प्रतिक्रिया राख्नुहोस्