दुर्घटनामा एक जनाको मृत्यु, पाँच घाइते
कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका ५ मछलिपुल नजिक सडकमा सु.प.प्र. ०१००८ प ५५८७ नम्बरको मोटरसाइकल, म १ प ६१८९ नम्बरको स्कुटर र से २ त ८२० नम्बरको ट्याक्टर एक-आपसमा ठोक्किँदा मोटरसाइकल चालकको मृत्यु भएको छ ।
आइतबार साँझ भएको दुर्घटनामा गम्भीर घाइते भएका शुक्लाफाँटा नगरपालिका ८ बेल्डाँडी बस्ने कृष्ण बहादुर साउदको मायामेट्रो अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको कञ्चनपुर प्रहरीले जनाएको छ ।
घाइते भएका अन्य ५ जनाको निमेष अस्पताल गुलरियामा उपचार भइरहेको छ । ट्याक्टर चालकलाई भने प्रहरीले नियन्त्रणमा लिएको छ ।







प्रतिक्रिया राख्नुहोस्