तपाईँ सुन्दै हुनुहुन्छः

प्रदेश प्रमुखहरूलाई निर्वाचन प्रतिवेदन बुझाइयो

काठमाडौं । निर्वाचन आयोगले प्रदेशसभा सदस्य निर्वाचनको परिणामसहितको प्रतिवेदन आज प्रदेश प्रमुखहरूलाई बुझाएको छ ।

आज दिउँसो सातवटै प्रदेशका प्रमुखलाई आयोगले मंसिर ४ गते सम्पन्न निर्वाचनको मत परिणामसहितको प्रतिवेदन बुझाएको हो ।

प्रतिनिधिसभा तर्फको मतपरिणामको प्रतिवेदन भने यसअघि नै राष्ट्रपति विद्यादेवी भण्डारीसहित उपराष्ट्रपति र प्रधानमन्त्रीलाई बुझाइसकिएको छ ।

प्रतिनिधिसभा र प्रदेशसभाको परिणामसहितको प्रतिवेदन प्राप्त भएसँगै अब संघमा राष्ट्रपति र प्रदेशमा प्रदेश प्रमुखहरूले नयाँ सरकार गठनका लागि आह्वान गर्नेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button