आगो ताप्ने क्रममा जलेर वृद्धको मृत्यु
पाल्पा । पाल्पामा आगो ताप्ने क्रममा जलेर एक वृद्धको मृत्यु भएको छ ।
मृत्यु हुनेमा रिब्दीकोट गाउँपालिका-१ जोरपोखरी, कोटखेराका ७५ वर्षीय खिमबहादुर बिक रहेका जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक वीरेन्द्र थापाले जानकारी दिनुभयो ।
खरको कच्ची घरमा आफू सुत्ने कोठामा आगो बालेर ताप्ने क्रममा सोमबार बिहान करिब ५ बजे उनको एक्कासी जलेर घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्