अन्तरपालिका भलिबल प्रतियोगिता आजदेखि

बैतडी I बैतडीमा आजदेखि अन्तरपालिका भलिबल प्रतियोगिता सुरु भएको छ । तेजबहादुर चन्द ट्रस्टको आयोजनामा सुरु भएको तेजबहादुर चन्द स्मृति अन्तरपालिका भलिबल प्रतियोगितामा नौ पालिकासहित १० टोलीको सहभागिता रहेको छ ।
ट्रस्टका सचिव विनोदबहादुर चन्दका अनुसार प्रतियोगिताको विजेताले रु एक लाख २५ हजार र ट्रफी तथा उपविजेताले रु ७५ हजार पुरस्कार प्राप्त गर्नेछ । प्रतियोगिताका सबै खेल दशरथचन्द खेल मैदान सुन्दरखालीमा खेलाइनेछ । प्रतियोगिताले भलिबल खेलाडी उत्पादनमा सहयोग पुग्ने सचिव चन्दले बताए ।
“खेलाडी उत्पादन गर्न तथा उनीहरूको क्षमता अभिवृद्धिका लागि बर्सेनि भलिबल प्रतियोगिता आयोजना गर्दैआएका छौँ”, उनले भने । रासस







प्रतिक्रिया राख्नुहोस्