ट्याक्टरको ठक्करबाट चटपटे व्यापारीको मृत्यु
वीरगञ्ज । पर्साको सखुवाप्रसौनीमा नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट चटपटे व्यापारीको ज्यान गएको छ ।
सखुवाप्रसौनी गाउँपालिका वडा नम्बर ५ रामनगरीबाट महुवतर्फ जाँदै गरेको नम्बर नखुलेको ट्याक्टरको ठक्करबाट ठेला चालक बहुदरमाई नगरपालिका वडा नम्बर ८ रामनगरी निवासी ४५ वर्षीय तपसी साह कानुको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय पर्साले जनाएको छ ।
चटपटे बिक्री गरेर ठेला चलाउँदै बहुवनबाट रामनगरीतर्फ जाँदै गरेका अवस्थामा उनलाई ट्याक्टरले ठक्कर दिएको थियो । मृतकको शव पोष्टमार्टमका लागि नारायणी अस्पतालमा ल्याइएको र दुर्घटनापछि ट्याक्टरसहित फरार भएका चालकलाई प्रहरीले खोजी तीव्र बनाएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं डिएसपी दिपक गिरीले बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्