दैलेख–१ (१) मा कांग्रेसका खत्री विजयी
दैलेख । दैलेख क्षेत्र नं १ (१) प्रदेशसभा सदस्यमा सत्ता गठबन्धनका उम्मेदवार नेपाली कांग्रेसका पूर्णबहादुर खत्री विजयी हुनुभएको छ । खत्री विजयी भएपछि कर्णालीमा काँग्रेसले आफ्नो खाता खोलेको छ ।
खत्रीले खसेको १९ हजार नौ सय ९८ मतमध्ये नौ हजार चार सय ६४ मत ल्याएर विजयी हुनुभएको हो । उहाँले नेकपा (एमाले)का धर्मराज रेग्मीलाई एक हजार तीन सय ९२ मतान्तरले पछि पार्दै विजय हासिल गर्नुभयो । रेग्मीले आठ हजार ७२ मत प्राप्त गर्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्