तपाईँ सुन्दै हुनुहुन्छः

उदयपुर–२ बाट एमालेका उम्मेदवार रायमाझी निर्वाचित 

उदयपुर । उदयपुर क्षेत्र नं. २ बाट प्रतिनिधिसभा सदस्यमा नेकपा एमालेका अम्बरबहादुर रायमाझी निर्वाचित हुनु भएको छ ।

रायमाझीले १५ हजार २५१ मत प्राप्त गरी निर्वाचित हुनुभएको छ भने उहाँका निकटतम् प्रतिस्पर्धी सत्ता गठबन्धनको तर्फबाट एकीकृत समाजवादीका उपमहासचिव जगन्नाथ खतिवडाले १२ हजार ८९३ मत ल्याउनु भयो । 

त्यसैगरी स्वतन्त्र उम्मेदवार रामकुमार राई १० हजार ३७९ मत प्राप्त गर्नु भयो।

प्रतिक्रिया राख्नुहोस्

Back to top button