तपाईँ सुन्दै हुनुहुन्छः

कास्कीमा ४ बजेसम्म ५८ प्रतिशत मत खस्यो

कास्की । प्रतिनिधिसभा र प्रदेशसभाको निर्वाचनका लागि जारी मतदानमा कास्कीमा दिउँसो ४ बजेसम्म ५८ प्रतिशत मत खसेको छ ।

कास्कीमा उत्साहजनक रुपमा मतदानमा सहभागी भएको र दिउँसो ४ बजेसम्म ५८ प्रतिशत मतदान भएको गण्डकी प्रदेश निर्वाचन कार्यालयका सूचना अधिकारी रुद्र न्यौपानले जानकारी दिनुभयो ।

कास्कीमा तीन वटा निर्वाचन क्षेत्र रहेका छन् । कास्कीमा १ सय ५० मतदान स्थलमा ३ सय ४४ मतदान केन्द्र छन् । कास्कीमा २ लाख ९१ हजार ५ सय ६८ जना मतदाता रहेका छन् ।

कास्कीको माछापुच्छ्रे गाउँपालिका–८ स्थित तालबराह आधारभूत विद्यालय मतदान केन्द्रमा ३० मिनेटपछि मतदान पुनः शुरु भएको छ । एक मतदाताले मतपेटिका फुटालेपछि मतदान रोकिएकामा सर्वदलीय छलफलपछि फेरि शुरु भएको हो ।

नेकपा बहुमतका कार्यकर्ता टुकबहादुर विकले मत हालिसकेपछि नेकपा बहुमत जिन्दावादको नारा लगाएर मतपेटिका थेचारेका थिए । उनलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button