तपाईँ सुन्दै हुनुहुन्छः

रोल्पामा प्रतिनिधि सभा र प्रदेश सभामा १४ जना उम्मेदवार प्रत्यक्षमा भिड्दै 

रोल्पा । आगामी मङ्सिर ४ गते सम्पन्न हुन गइरहेको प्रतिनिधि सभा सदस्य र प्रदेश सभा सदस्य निर्वाचनको लागि रोल्पाबाट प्रत्यक्षतर्फ १४ जना उम्मेदवार भिड्दै छन् । प्रतिनिधि सभा सदस्य निर्वाचन क्षेत्र १ वटा मात्र रहेको रोल्पामा यस पटकको निर्वचनमा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका उपमहासचिव वर्षमान पुन, नेकपा एमालेको तर्फबाट पूर्ण बुढा, नेमकिपाको तर्फबाट नातिभाइ ह्योम्वा, राप्रपा नेपालको तर्फबाट रन बहादुर वली र राप्रपाको तर्फबाट लिला रावल प्रतिस्पर्धा गर्दै हुनुहुन्छ । 

लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर १ मा प्रत्यक्षतर्फ बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार नेकपा माओवादी केन्द्रका पोलिटब्युरो सदस्य जोख बहादुर महरा, नेकपा एमालेको तर्फबाट कमल बहादुर बुढाथोकी, राप्रपा नेपालको तर्फबाट गन्ज बहादुर शाही र राप्रपाको तर्फबाट पदम बहादुर थापा निर्वाचनमा भिड्नु हुदैछ ।

त्यसैगरी लुम्बिनी प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नम्बर २ मा बाम लोकतान्त्रिक गठबन्धनको तर्फबाट साझा उम्मेदवार नेपाली काँग्रेस लुम्बिनी प्रदेश सभापति अमरसिंह पुन, राप्रपा नेपालको तर्फबाट केशर बहादुर पुन, नेकपा एमालेको तर्फबाट प्रेम बहादुर घर्ती, राप्रपाको तर्फबाट सेते दमाईं व्यक्ती स्वतन्त्रको तर्फबाट अघिल्लो निर्वाचनबाट प्रदेशसभा सदस्यमा निर्वाचित दीपेन्द्र कुमार पुन पनि निर्वाचनमा भिड्दै हुनुहुन्छ भने स्वतन्त्रमा उम्मेदवारी दिनु भएका नवराज डाँगीले आफ्नो उम्मेदवारी फिर्ता लिनुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button