सप्तरीमा मादक पदार्थ बिक्री वितरण, ओसारपसार र सेवनमा रोक
सप्तरी । सप्तरीमा मादक पदार्थ बिक्री वितरण, ओसारपसार र सेवनमा रोक लगाइएको छ ।
जिल्ला प्रशासन कार्यालय सप्तरीले बुधवार एक सूचना जारी गरी मङ्सिर ४ गते हुने प्रदेश सभा तथा प्रतिनिधि सभा सदस्य निर्वाचनका लागि मादक पदार्थ बिक्री वितरण, ओसारपसार र सेवनमा रोक लगाएको हो ।
जिल्ला सुरक्षा समितिको कात्तिक २३ गतेको निर्णयअनुसार २०७९ कार्त्तिक २३ गतेदेखि मत परिणाम पूर्ण सार्वजनिक नभएसम्म जिल्लाभर मादक पदार्थ पूर्ण रुपमा निषेध गर्ने निर्णय गरिएको जिल्ला प्रशासन कार्यालय सप्तरीका प्रमुख जिल्ला अधिकारी भुपेन्द्र थापाले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्