तपाईँ सुन्दै हुनुहुन्छः

नेपाल भलिबल सङ्घद्वारा वार्षिक कार्यक्रम सार्वजनिक

काठमाडौँ । नेपाल भलिबल संघ (एनभीए) ले २०७९/८० सालको वार्षिक कार्यक्रम सार्वजनिक गरेको छ ।

सङ्घले बुधबार एक विज्ञप्ति निकाल्दै आयोजना गर्ने प्रतियोगिता र राष्ट्रिय टोलीले सहभागिता जनाउने प्रतियोगिता समेटेर कार्यक्रम सार्वजनिक गरेको हो ।

नयाँ कार्यसमिति आएपछि सङ्घले पहिलो पटक वार्षिक कार्यक्रम सार्वजनिक गरेको हो । गत भदौ २३ गते भएको चुनावी साधारण सभाबाट जितेन्द्र बहादुर चन्दको अध्यक्षतामा सङ्घको नयाँ कार्यसमिति आएको थियो ।

सङ्घले सार्वजनिक गरेको कार्यक्रम अनुसार सातौँ एनभीए महिला तथा पुरुष क्लब च्याम्पियनसिप पुस २४ देखि माघ २ गरेसम्म आयोजना हुनेछ । यस्तै नेपाल सुपर लिग महिला तथा पुरुष भलिबल फागुनमा हुनेछ । सातौँ एनभीए महिला तथा पुरुष क्लब लिग जेष्ठ ८ देखि १८ सम्म हुनेछ । त्यस्तै यू–१५ महिला तथा पुरुष प्रतियोगिता लगायत मैत्रीपूर्ण खेलहरू कार्यक्रममा रहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button