धनुषा निर्वाचन क्षेत्र नंं ४ मा काँग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा
जनकपुरधाम । धनुषा निर्वाचन क्षेत्र नंं ४ को प्रतिनिधिसभा सदस्यमा काँग्रेस र एमालेका उम्मेदवारबीच कडा प्रतिस्पर्धा हुने भएको छ ।
गठबन्धनका तर्फबाट प्रतिनिधिसभा सदस्यका उम्मेदवार नेपाली काँग्रेसका सह महामन्त्री महेन्द्र यादव र नेकपा एमालेका सचिव रघुवीर महासेठबीच कडा प्रतिस्पर्धा हुने भएको हो ।
काँग्रेससहित, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र लोकतान्त्रिक समाजवादी पार्टीका साथ पाउनुभएका नेपाली काँग्रेसका सह महामन्त्री यादव र नेकपा एमालेका तर्फबाट एक्लै उम्मेदवार बन्नुभएका एमालेका सचिव महासेठले कडा टक्कर दिनुहुने देखिएको छ ।
धनुषा निर्वाचन क्षेत्र नंं ४ मा एमाले र जनता समाजवादी पार्टी नेपालले मित्रवत् प्रतिस्पर्धा गरिरहेका छन् । जनता समाजवादी पार्टीका तर्फबाट महाजन यादव पनि प्रतिस्पर्धामा हुनुहुन्छ ।
तीनै जना उम्मेदवारलाई स्वतन्त्र उम्मेदवार कृष्ण कुमार महतोले कडा टक्कर दिनुभएको छ । युवा एवं कलाकार समेत रहेका स्वतन्त्र उम्मेदवार महतोप्रति युवाहरूको निक्कै आकर्षण रहेको छ ।
काँग्रेस तथा नेकपा एमालेका उम्मेदवार पुराना अनुहार रहेका छन् भने कृष्ण महतो युवा उम्मेदवार हुनुहुन्छ ।







प्रतिक्रिया राख्नुहोस्