तपाईँ सुन्दै हुनुहुन्छः

बाँकेमा १०८ मतदानस्थल अति संवेदनशील

नेपालगन्ज । बाँकेमा मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि जिल्लामा तय भएका मतदान स्थलको सुरक्षा संवेदनशीलता दृष्टिगत गर्दै वर्गीकरण गरिएको छ ।
जिल्लाका १ सय ३८ वटा मतदान स्थललाई दुई भागमा वर्गीकरण गरिएको निर्वाचन कार्यालयका प्रमुख रमा पन्तले जानकारी दिनुभयो ।
उहाँका अनुसार निर्वाचनमा सुरक्षा दृष्टिकोणले मतदान स्थलहरूलाई अति संवेदनशील र संवेदनशील गरेर दुई भागमा विभाजन गरिएकोमा १ सय ८ वटा मतदानस्थल अति संवेदनशील र ३० वटा संवेदनशील रहेका छन् ।
गत वैशाखमा सम्पन्न स्थानीय तहको निर्वाचनमा १ सय ३६ मतदान केन्द्र रहेकोमा यस पटक कोहलपुर नगरपालिकामा १ र डुडुवा गाउँपालिकामा १ थप गरी जम्मा १ सय ३८ मतदानस्थल बनाइएको प्रमुख पन्तले बताउनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button