‘बाँके र बर्दियालाई अन्न भण्डारका रुपमा पुनः स्थापित गर्न सकिन्छ’
नेपालगन्ज । नेपाली काँग्रेसका सहमहामन्त्री किशोरसिंह राठौरले सिक्टा र बबई सिँचाई आयोजनामा भेरी नदीको पानी सम्मिश्रण गरेर मात्र बाँके र बर्दियालाई मुलुककै अन्न भण्डारका रुपमा पुनः स्थापित गर्न सकिने बताउनुभएको छ ।
बाँके क्षेत्र नम्बर ३ अन्तर्गत खजुरा गाउँपालिका–५ र ६ मा आयोजित कार्यकर्ता प्रशिक्षण कार्यक्रममा सहमहामन्त्री राठौरले विगतमा अन्न भण्डारका रुपमा रहेको बर्दियाको राजापुर र बाँकेको खजुरा क्षेत्रलाई मल, बीउ र सिँचाइको यथेष्ट व्यवस्था गरी पूर्ववत् अवस्थामा पुर्याउने योजना रहेको बताउनुभयो ।
उहाँले हालको राजनीतिक कोर्स २०४६ सालको जनआन्दोलनको अभिभारा भएकाले राजनीतिक लोकतान्त्रीकरण मार्फत् समाज रूपान्तरण गर्नुपर्ने र त्यो नेपाली काँग्रेस, नेकपा माओवादी केन्द्रसहित वर्तमान गठबन्धनबाट मात्र सम्भव भएको बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्