तपाईँ सुन्दै हुनुहुन्छः

५ स्वर्ण ६ रजत ७ कास्यसहित १८ पदकसाथ त्रिभुवन आर्मी क्लब पहिलो स्थानमा

पोखरा । गण्डकी प्रदेशमा जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा त्रिभुवन आर्मी क्लबले ५ स्वर्ण ६ रजत ७ कास्य सहित १८ पदक साथ पहिलो स्थानमा रहेको छ ।

बागमती प्रदेश ४ स्वर्ण ३ रजत र १ कास्य गरि ८ पदकका साथ दोस्रो स्थानमा छ । त्यसैगरी अर्को विभागीय एपिएफ क्लब २ स्वर्ण ४ रजत  ७ कास्य गरि १३ पदकका साथ तेस्रो स्थानमा रहेको छ । पुलिस क्लबले भने १ स्वर्ण पदक साथ चौथो स्थानमा छ ।  

राष्ट्रिय खेलकुद प्रतियोगिता गण्डकी प्रदेशका ११ जिल्ला मध्ये मनाङ, मुस्ताङ र लमजुङ बाहेक सबै जिल्लाहरूमा जारी प्रतियोगितामा बाँकी सहभागी टिमले पदकको खाता खोल्न सकेका छैनन् ।

कार्तिक ३ गतेसम्म जारी राष्ट्रिय खेलकुद प्रतियोगितामा ११ टिमका ६ हजार १ सय ५७ खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । जसमा ४ सय ४ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भइरहेको छ ।

यस पटक विभागीय टोली नेपाल पुलिस, नेपाल एपीएफ र नेपाल आर्मी सहित सात प्रदेशका सात टिम र एनआरएनए गरि ११ टिमका खेलाडीले सहभागिता जनाएका छन् । 

यस पटक ३६ खेलका ४ सय ४ इभेन्ट्समा खेलाडीले प्रतिस्पर्धा गरिरहेका छन् । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button