तपाईँ सुन्दै हुनुहुन्छः

बैजनाथ गाउँपालिकाका बाडीपीडितलाई राहत वितरण

बाँके । अविरल वर्षाका कारण घरबारविहीन भएका पीडितलाई बैजनाथ गाउँपालिकाले राहत सामाग्री वितरण गरेको छ ।

बैजनाथ गाउँपालिका अध्यक्ष प्रकाशबहादुर शाहीले वडा नम्बर १, २, ३ र ८ का अतिविपन्न सहित पीडितलाई खाद्यान्न, त्रिपाल र झुल वितरण गरिएको जानकारी दिनुभयो । ती वडाका करिब ४० घर परिवारलाई सामाग्री वितरण गरिएको उहाँले बताउनुभयो ।

‘हामीले तत्कालका लागि अत्यावश्यक सामाग्री वितरण गरेका हौँ, अझै केही वडामा वितरण गर्न बाँकी नै छ,’ उहाँले भन्नुभयो ।

राहत वितरण कार्यक्रममा गाउँपालिका उपाध्यक्ष निर्मला रोकाय, सम्बन्धित वडाका वडाध्यक्ष, सुरक्षाकर्मी लगायतको उपस्थिति रहेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button