महाकालीको बहाव बढ्यो, सतर्कता अपनाउन प्रशासनको आग्रह
डडेल्धुरा । तीन दिनदेखि लगातार परिरहेको बर्षाका कारण डडेल्धुराको भित्री मधेस भएर बग्ने महाकाली नदीको बहाव निकै बढेको छ ।
जिल्ला प्रशासन कार्यालय डडेल्धुराले जारी गरेको एक विज्ञप्ति मार्फत स्थानीय नागरिकहरूलाई बाढी पहिरोबाट सुरक्षित रहन सबैलाई आग्रह गर्नुभएको छ ।
जिल्लाको भित्री मधेस क्षेत्र आलिताल गाउँपालिका र परशुराम नगरपालिका अन्तर्गतका महाकाली नदी लगायत ठुला खोलाहरूमा पानीको बहाव निकै बढेकाले सतर्कता अपनाउन हुन प्रशासनले सबैलाई अनुरोध गरेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो । जिल्लाका अधिकास कच्ची सडकमा बर्षातका कारण गाडीहरू बन्द भएपनि बाढीपहिराबाट कुनै अप्रिय घटना भने नभएको प्रशासनले जनाएको छ ।
लगातार भइरहेको वर्षाले महाकाली नदीको छेउ किनारमा बसिरहेका समुदायहरूलाई सर्तक रहन आग्रह गरिसकेको र स्थानीय तह र सुरक्षा निकायलाई हाईअर्लट रहन समेत परिपत्र गरिरहेको प्रमुख जिल्ला अधिकारी मोहनराज जोशीले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्