तपाईँ सुन्दै हुनुहुन्छः

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड चितवन क्षेत्र नम्बर ३ बाट सिफारिस

चितवन । माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड चितवन निर्वाचन क्षेत्र नम्बर–३ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार सिफारिस हुनुभएको छ ।

पार्टीको ३ नम्बर क्षेत्रीय निर्वाचन परिचालन समितिको बैठकले प्रचण्डलाई एकमतद्वारा उम्मेदवार सिफारिस गरेको माओवादी नेता गोपाल न्यौपानेले जानकारी दिनुभयो ।

प्रचण्ड यसअघि ०७४ को निर्वाचनमा सोही क्षेत्रबाट प्रतिनिधिसभा सदस्य निर्वाचित भएका हुनुभएको थियो । उहाँको नाम यसअघि पनि गोरखा–१ बाट पनि सिफारिस भएको छ । तर, प्रचण्डले आफू चितवन क्षेत्र नम्बर ३ बाटै चुनाव लड्ने स्पष्ट गरिसक्नुभएको छ ।

बैठकले चितवन–३ अन्तर्गतका दुवै प्रदेश सभाका लागि समेत प्रत्यक्षतर्फका उम्मेदवार सिफारिस गरेको छ । प्रदेश ३ (क) मा प्रकाश कँडेलसहित तीन जना र ३ (ख) मा गोपाल न्यौपानेसहित ८ जनाको नाम सिफारिस भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button