इन्द्रावतीमा दुग्ध सङ्कलन तथा प्रशोधन केन्द्र स्थापना

सिन्धुपाल्चोक । नयाँपानी भूमि अधिकार कृषक समूहले इन्द्रावती गाउँपालिका वडा नम्बर ५ मा दुग्ध सङ्कलन तथा प्रशोधन केन्द्रको स्थापना गरेको छ ।
खाद्य पोषण सुरक्षा आयोजना, एफएओ, सिडिसिएफको सहयोगमा कृषक समूहले दुग्ध सङ्कलन तथा प्रशोधन केन्द्रको स्थापना गरेको हो ।

आज एक कार्यक्रम बीच इन्द्रावती गाउँपालिकाका अध्यक्ष झम्क नेपालले दुग्ध केन्द्रको उद्घाटन गर्नुभएको हो ।
दुग्ध केन्द्रको उद्घाटन गर्नुहुँदै अध्यक्ष नेपालले किसानहरूलाई प्रोत्साहनका लागि विगतमा दिँदै आइरहेको अनुदानमा शत प्रतिशत वृद्धि गरी प्रति लिटर ४ पुर्याएको बताउनुभयो ।
गाउँपालिका भित्रको कृषि विकास र आधुनिकीकरणका लागि विभिन्न सरकारी तथा गैरसरकारी सङ्घ संस्थाको खोजी भइरहेको उहाँले बताउनुभयो ।

वडामा उत्पादित दूधको सदुपयोग गरी बाहिर निर्यातका लागि दुग्ध तथा प्रशोधन केन्द्रको स्थापना गरिएको नयाँपानी भूमि अधिकार कृषक समूहका अध्यक्ष कुमार आचार्यले जानकारी दिनुभयो ।
सुरुमा इन्द्रावती गाउँपालिका भर उत्पादित दूधलाई पुर्याउने उद्देश्य रहेको र बिस्तारै काभ्रे, काठमाडौँ, ललितपुर लैजाने वातावरण सिर्जना गर्ने उहाँले बताउनुभयो ।
अहिले एक व्यक्तिले १८ लिटरसम्म दूध बेच्दै आइरहेको सो केन्द्रमा आगामी वर्षमा दैनिक ५ सय लिटरसम्म दूध उत्पादन गर्ने लक्ष्य रहेको उहाँले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्