तपाईँ सुन्दै हुनुहुन्छः

चितवनमा एक वर्षमा ३३ हजार ७ सय ३८ सवारी साधन कारबाहीमा 

चितवन । चितवनमा एक वर्षको अवधिमा ३३ हजार ७ सय ३८ सवारी साधन कारबाहीमा परेका छन् । 

जिल्ला ट्राफिक कार्यालय, चितवनका अनुसार गत आर्थिक बर्ष २०७८/०७९ मा कारबाहीका परेका सवारी साधन बापत जरिवानाबाट ३ करोड ८ लाख ५४ हजार पाँच सय राजश्व सङ्कलन भएको छ । 

कार्यालयले सडकमा गुड्ने ट्रक/ट्रिपर, बस, माइक्रो बस, जीप कार, ट्याक्टर, मोटरसाइकल, टेम्पो तथा अन्य सवारी साधनबाट हुने ट्राफिक कारबाईबाट जरिवाना असुल्दै आएको छ । 

सबैभन्दा बढी राजश्व सङ्कलन मोटरसाइकल कम ट्याक्टरबाट

जिल्लाका सडकमा चल्ने सबै सवारी साधनमध्ये सबैभन्दा बढी ट्राफिक कारबाहीमा मोटरसाइकल परेका छन् र यसबाटै बढी राजश्व सङ्कलन भएको छ । 

एक वर्षमा कार्यालयले ९ हजार २ सय ५१ वटा मोटरसाइकलबाट ७८ लाख ५४ हजार पाँच सय रुपैयाँ राजश्व सङ्कलन गरेको छ  भने १ हजार ५सय ७२ वटा ट्याक्टर कारबाईबाट १५ लाख ६८ हजार पाँच सय सङ्कलन गरेको छ । 

यसैगरी, ६ हजार २३८ वटा ट्रक÷टिपर कारबाईबाट ६८ लाख २४ हजार रुपैंया , ७ हजार ७२२ वटा जीप÷ कार कारबाईबाट ७० लाख ९४ हजार पाँच सय,४ हजार ५७ वटा बस÷माइक्रो कारबाईबाट ३७ लाख ८५ हजार र ४ हजार ८ सय ८८ वटा टेम्पो र अन्य सवारी साधन कारबाईबाट ३७ लाख २८ हजार रुपैंया सङ्कलन भएको कार्यालयले जनाएको छ । 

कार्यालयका प्रमुख धर्मबहादुर थापाले सवारीसाधनको सङ्ख्या बढेसँगै ट्राफिक उल्लङ्घनको सङ्ख्या पनि वृद्धि  हुने बताउनुभयो  । 

उहाँका अनुसार जिल्लाका सडकमा चल्ने सवारीसाधन मध्ये दुई चक्के सवारी साधनको सङ्ख्या बढी भएको र उल्लङ्घनका घटना पनि सोही प्रकृतिका सवारीसाधनबाट भएकोले औसत रुपमा अन्य सवारीसाधन भन्दा मोटरसाइकलको कारबाही सङ्ख्या सँगै राजश्व पनि बढेको हो । 

ट्याक्टरको सङ्ख्या कम रहेको र विशेष गरी ग्रामीण इलाकामा कृषिकर्म र ढुवानीमा प्रयोग हुने भएकोले कारबाहीसँगै राजश्व कम भएको उहाँको भनाई छ ।

“कतिपय जरिवाना  गल्ती र सवारीसाधनको प्रकृति  अनुसार पनि हुन्छ ।” उहाँले भन्नुभयो । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button