एसइईको नतिजा सार्वजनिक : यसरी हेर्न सकिन्छ

काठमाडौँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसइई) को नतिजा सार्वजनिक गरेको छ ।
बोर्डको आज अपराह्न बसेको बैठकको निर्णयअनुसार गत वैशाखमा सञ्चालन भएको एसइई परीक्षाको नतिजा सार्वजनिक भएको हो ।
सार्वजनिक नतिजाअनुसार उच्च श्रेणी ३ दशमलव ६ देखि ४ जिपिए ल्याउने नौ हजार छ सय ३३ अर्थात् १ दशमलव ९४ प्रतिशत रहेको परीक्षा बोर्डले जनाएको छ।।
त्यस्तै, ४१ हजार छ सय २७ विद्यार्थीले ३ दशमलव २ देखि ३ दशमलव ६ जीपीए, ६९ हजार नौ सयले २ दशमलव ८ देखि ३ दशमलव २ जीपीए ल्याएका छन् । ९० हजार ७५८ जनाले २ दशमलव ४ देखि २ दशमलव ८ जीपीए ल्याएका छन् ।

त्यस्तै, एक लाख १२ हजार सात सय ३३ विद्यार्थीले २ देखि २ दशमलव ४ जीपीए, एक लाख पाँच सय ९४ जनाले १ दशमलव ६ देखि २ जीपीए, ४४ हजार पाँच सय ८६ विद्यार्थीले १ दशमलव २ देखि १ दशमलव ६ जीपीए र तीन हजार दुई सय ८० विद्यार्थीले ० दशमलव ८ देखि १ दशमलव २ जीपीए ल्याएका छन् ।
गत ९ वैशाखदेखि सञ्चालन भएको परीक्षामा ११ हजार ६१५ विद्यालयका ४ लाख ९५ हजार ७५१ जना परीक्षार्थी सहभागी भएका थिए।

राष्ट्रिय परीक्षा बोर्डले विभिन्न माध्यमबाट रिजल्ट थाहा पाउने व्यवस्था गरेको जनाएको छ। मोबाइल एसएमएसबाट नतिजा थाहा पाउनका लागि ३५००१, ३४९४९, ३१००३ र १६०० मा म्यासेज गर्नु पर्ने हुन्छ।
त्यस्तै, विभिन्न वेबसाइटमार्फत पनि नजित हेर्न सकिने परीक्षा बोर्डले जनाएको छ।
नतिजा हेर्नका लागि www.see.gov.np, www.neb.gov.np, www.see.ntc.net.np लगायत अन्य वेबसाइटमा जान सकिने बोर्डले जनाएको छ।








प्रतिक्रिया राख्नुहोस्