तपाईँ सुन्दै हुनुहुन्छः

जापानको माथिल्लो सदनका लागि मतदान

काठमाडौँ । आबेको गोलीकाण्डको आघात, उदासी र डरबाट मुक्त भइनसकेका मतदाताले बिना उत्साह जापानको माथिल्लो सदनको निर्वाचनमा मतदान गरेका छन् ।  पूर्वप्रधानमन्त्री सिन्जो आबेको चुनावी प्रचारका क्रममा गोली हानेर हत्या भएको घटनाको छायामा भएको मतदानबाट नेता आबेको सत्तारुढ दल  विजय यात्रातर्फ अग्रसर भएको देखिएको छ । 

पश्चिमी जापानको प्रहरीले आबेका आरोपित हत्यारालाई थप अनुसन्धानको लागि स्थानीय अभियोजनकर्ताको कार्यालयमा पठाएको छ । क्षेत्रीय प्रहरी अधिकारीले सुरक्षा त्रुटिका कारण आक्रमणकारी गोली प्रहार गर्न सफल भएको स्वीकार गरेका छन् ।  

आबेलाई शुक्रबार नारामा गोली हानेका तेत्सुया यामागामीले नेता आबेको राजनीतिक दृष्टिकोणसँग आफ्नो विमति नरहेको तर आबे संलग्न सङ्गठनको अफवाहका कारण घटना भएको अभियोजन अधिकारीलाई बताएका छन् । आबे संलग्न सङ्गठनले धार्मिक समूहप्रति घृणाको विकास गरेको आरोप उनले लगाएका छन् । आफ्नी आमाको आस्था रहेको उक्त धार्मिक सङ्गठनका कारण उनको पारिवारिक व्यवसाय तहसनहस भएको अभियुक्तले बताएको जनाइएको छ । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button