चोरी भएका बालकसहित महिला पक्राउ
जनकपुरधाम । जनकपुरधामबाट ३ वर्षको बालकलाई चोरी गरेको अभियोगमा प्रहरीले बालकसहित एक महिलालाई दुई सातापछि पक्राउ गरेको छ ।

पक्राउ पर्नेमा महोत्तरीको पिपरा गाउँपालिका–४ की ६५ वर्षीया मैथुन खातुन रहेको धनुषा प्रहरीका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक जितेन्द्र बस्नेतले जानकारी दिनुभयो । खातुनलाई उनको घरबाटै चोरी भएको बालकसहित नियन्त्रणमा लिइएको उहाँले बताउनुभयो ।
भारतको बिहार राज्य अन्तर्गत सितामढी जिल्ला बैरगनिया–१४ घर भई जनकपुरधाम उपमहानगरपालिका–७ भ्रमरपुरा डेरा गरी बस्ने हरिओम चौधरीका ३ वर्षीय छोरा सोहन कुमार चौधरीको असार ६ गते साँझ ६ बजे चोकतर्फ गएको समयमा चोरी भएको थियो ।
सिसिटिभीको फुटेजबाट उक्त दृश्य फेला परेपछि चोरी गर्ने महिलासहित बालकलाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ ।
पक्राउ परेकी महिलामाथि अपहरण तथा शरीर बन्धक शीर्षकमा मुद्दा दायर गरी थप अनुसन्धान अघि बढाउने जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।







प्रतिक्रिया राख्नुहोस्