उपत्यकाको सुरक्षा व्यवस्था केन्द्र कै मातहतमा राख्न सांसदहरूको सुझाव

काठमाडौँ । प्रतिनिधिसभा राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा उपत्यकाको सुरक्षा व्यवस्था प्रदेश सरकारको मातहतमा नराखी केन्द्र कै मातहतमा राख्न सांसदहरुले गृह मन्त्रालयलाई सुझाव दिनुभएको छ ।
नेपाल प्रहरी र प्रदेश प्रहरी कार्य सञ्चालन सुपरिवेक्षण र समन्वय ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयकमाथि छलफल गर्न आज सिंहदरबारमा बसेको बैठकमा अधिकांश सांसदहरुले काठमाडौँ उपत्यकाको सुरक्षा प्रदेश मातहतमा राख्दा प्रभावकारी नहुने धारण राख्नुभयो ।
बैठकमा केही सांसदहरुले मुलुक सङ्घीयतामा गइसकेकोले उपत्यकाको सुरक्षा पनि प्रदेशलाई नै दिँदा उपयुक्त हुने धारणा राख्नुभएको थियो ।







प्रतिक्रिया राख्नुहोस्