भरतपुर विमानस्थल टावर नजिकै आगलागी

चितवन । भरतपुर विमानस्थलको टावर नजिकै आज बिहान आगलागी भएको छ । बिहान ३ बजेर ४० मिनेटमा टावर नजिकै बिजुलीको तारमा करेन्ट सर्ट भई एक्कासि आगो लागेको चितवन प्रहरीले जनाएको छ ।
आगलागी हुँदा बिजुलीको तार, टेलिफोन र इन्टरनेटको तारमा क्षति पुगेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले जानकारी दिनुभयो ।
आगलागी भए पनि टावर तथा अन्य मानवीय क्षति हुन पाएन । दमकलसहितको प्रहरीको टोलीले १० मिनेट भित्रै आगो नियन्त्रणमा लिएको अधिकारीले बताउनु भयो ।







प्रतिक्रिया राख्नुहोस्